प्रिय ऋणी सदस्य ज्यु,
हिजो तपाईको बन्दै गरेको घरको छानो हाल्न पैसा पुगेन भनेर सहकारीबाट ऋण लिनु भो, छानो हाल्नु भो। छोरा ,छोरी विदेश पढ्नको लागी भिजा लाग्यो सहकारीले ऋण दिनु पर्यो भन्नू भो ऋण लिनु भो, छोरा छोरीको कलेज भर्ना गर्न पैसा चाहियो भन्नू भो ऋण लिनु भो, खाली बस्नु पर्यो पेसा गर्छु भन्नू भो ऋण लिनु भो, परिवार विरामी परे उपचारमा पैसा पुगेन भन्नू भो ऋण लिनु भो, विदेश कमाई गर्नलाई टिकटको पैसा पुगेन भन्नू भो ऋण लिनु भो, कृषि कर्म गर्छु, गाई ,भैंसी, बाख्रा पाल्छु, डेरी खोल्छु पसल गर्छु, कुखुरा पाल्छु आत्मनिर्भर बन्छु भन्नू भो ऋण लिनु भो। कसैको सापटी फिर्ता गर्न नसकेर तपाईको छर छिमेक देखी ससुराली सम्म लाज हुँदा पनि तपाईं आफ्नै सहकारी छ भनि सहकारीमै आउनु भो किनकी यो सहकारी तपाईको आफ्नाे स्वामित्वको सहकारी थियो,जस्ले तपाईको इज्जत पल-पलमा बचाँउदै आयो, तर तपाईले लगेको ऋणको किस्ता,व्याज तिर्न तपाईं कहिल्यै आउनु भयन,किन ????
के सिङ्गो सहकारी तपाईको दैलामै आउनु पर्ने हो र ?? त्यो हो भने पनि हामी तपाइ नआएमा अवस्य केही दिन पछि आउने छौं, तर हामिलाई बिश्वास छ त्यो भन्दा पहिला तपाईं नै यस सहकारीमा आएर आफ्नो नाउँको हिसाबकिताब मिलान गर्नु हुनेछ,तपाईले लगेको ऋण तिर्नको लागि अर्को कोहि आउदैन, तपाईं बाहेक,,बुझ्नु भो नि,? एउटा सत्य कुरा के हो भने तपाईंले लिएको ऋण तिर्नै पर्छ,यस्को कुनै पनि विकल्प छैन, किनकी यो पैसा तपाई जस्तै अर्को सदस्यको थोपा थोपा संकलन गरेको बचतको पैसा हो, कुनै अनुदान होईन, धन्यवाद, जय सहकारी !
( सहकारी संस्थाले आफ्ना ऋणि सदस्य लाई रिण तिर्न अनुरोध गर्दै लेखेको पत्र सामाजिक संजाल बाट साभार गरिएको )