चितवन , असार १४ – चितवनको माडीमा एसईइ परिक्षाको नतिजा निरासाजनक देखिएको छ । माडी नगरपालिका क्षेत्र भित्र रहेका ८ बटा बिद्यालय बाट ४०४ विद्यार्थीले परीक्षा दिएकोमा १४९ जना विद्यार्थी मात्र उतिर्ण भएपछी निरासा छाएको हो । परिक्षामा सहभागी ४०४ बिद्यार्थी मध्य शैक्षिक सत्र २०८० को माध्यामिक शिक्षा परिक्षा एसइइको नतिजामा माडीका ८ वटा सामुदायिक र एक संस्थागत विद्यालयका २२ जना विद्यार्थीहरुले सर्वोत्तम, ए प्लस (३.६ देखि ४ जिपिए सम्म) ग्रेड प्राप्त गरेका छन् ।
माडीका जनकल्याण माध्यामिक विद्यालयका ७ जना, माडी माध्यामिक विद्यालयका ५ जना, दिवाकर स्मृति माध्यामिक विद्यालयका ५ जना, कृष्णनगर माध्यामिक विद्यालयका ३ जना, जनजिवन माध्यामिक विद्यालय र विद्याज्योति इङलिस स्कूलका १-१ जना गरि कुल २२ जनाले सर्वोत्तम (ए प्लस) ग्रेड हासील गरेका हुन् । त्यस्तै, ३.२ देखि ३.६ जिपिए भित्र ल्याउनेमा ५३ जना र २.८ देखि ३.२ जिपिए भित्र अंक प्राप्त गर्नेमा ५६ जना रहेका छन् ।
जनकल्याण माध्यामिक विद्यालयका ७७ जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा ३३ जना विद्यार्थी उतिर्ण भएका छ्न । सोमेश्बर माबि बरुवा बाट ५० बिद्यार्थी परिक्षामा सहभागी भएकोमा ८ जना बिद्यार्थी मात्र उतिर्ण भएका हुन । त्यस्तै खैरहनी माबि बाट २४ विद्यार्थी सहभागी भएकोमा ४ जना विद्यार्थी मात्र उतिर्ण हुन सफल भएका छ्न । त्यस्तै माडी मावी बसन्तपुर बाट ८८ जना सहभागी बिद्यार्थी मध्य ३७ जना सफल भएका माडी नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
त्यसै गरि दिवाकर स्मृति माबि बाट परीक्षा दिएका ४७ विद्यार्थी मध्य २९ जना विद्यार्थी उतिर्ण भएका छ्न । त्यसैगरी जनजिवन माबि अयोध्यापुरी बाट ५९ जना विद्यार्थीले परीक्षा दिएकोमा १७ जना मात्र उतिर्ण भएका छ्न । कृष्णनगर माबि बाट २२ जना विद्यार्थीले परीक्षा दिएकोमा ५ जना विद्यार्थी उतिर्ण भएका छ्न । संस्थागत तर्फ सगरमाथा माबि बाट १० जना परिक्षामा सहभागी भएकोमा ४ जना विद्यार्थी उतिर्ण र बिश्वज्योती बोडिङ बाट १९ जना सहभागी भएकोमा ११ जना विद्यार्थीहरु उतिर्ण भएका हुन ।
२०८० चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन भएको एसइइ को परिक्षामा माडीका ४०४ जना विद्यार्थीहरु सामेल भएका थिए ।


