गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री माननीय खगराज अधिकारीले नवलपुरको देवचुली १० मा निर्माणधिन रहेको किशोरी अध्ययन तथा स्रोत केन्द्रको अवलोकन गरि आवश्यक सुझाब र शुभकामना प्रदान गर्नुभएकोछ ।
नेपाल सरकारको संघीय मन्त्रालयहरु गृह र स्वास्थ्यमन्त्री समेत रहिसक्नुभयको अधिकारीले अवलोकनको क्रममा यसको अवधारणा, यसको प्रयोगको बिधि, यसको लक्षित क्षेत्र र बर्ग, यसको दीगोपन र यसको निर्माणमा सहयोगको दाताको बारेमा समेत चासो राख्नु भएको थियो ।
उहाँले दातृ निकायको सहयोग भएकोले समयमा नै निर्माण सप्पन्न गरि यसको लक्षित बर्गले फाईदा लिने गरिको योजनामा लाग्न सुझाव समेत प्रदान गर्नुभयो ।
किशोरी अध्ययन तथा स्रोत केन्द्रको बारेमा जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले जानकारी दिनुहुँदै यो स्रोत केन्द्र नमुना स्रोत केन्द्रको रूपमा लैजाने योजना रहेको र समाजका हरेक ब्यक्ती र समुहको लागि सहयोग पुर्याउने उद्देश्य लिइएको जानकारी प्रदान गर्नुभएको थियो ।
अध्ययन केन्द्रको निर्माण क्यान्नलनको सहयोगमा निर्माण गरिरहेको र यो बर्षमा सप्पन्न गरि सन्चालन गर्ने योजना रहेको उहाँले बताउनु भएको थियो ।
माननीय अधिकारीले सस्थाका कार्यसमिती र कर्मचारीहरुसग सस्थाले गरेको कामहरुको बारेमा जानकारी लिदै समाज रुपान्तरणमा सदैव लागिरहन अनुरोध समेत गर्नुभयो ।
अवलोकनको क्रममा देवचुली नगरका नगर प्रमुख हरिप्रसाद न्यौपाने, देवचुली ९ र १० वडा अध्यक्ष बलिराम सापकोटा, रेप्ती कुमार घर्ती, शिक्षा सेवि समाजसेवि ब्यक्तित्व कृष्ण घिमिरे र गोपेन्द्र केशरी न्यौपाने, बाल क्लबका पुर्व सदस्यहरु सागर न्यौपाने र सौगात भुसाल र सस्थाका कार्यसमितीका सदस्यहरु र कर्मचारीको सहभागिता रहेको थियो ।

