चितवन , भदौ १ – नेकपा एमाले भरतपुर -७को १२ औ वडा अधिबेशन बाट अध्यक्षमा सर्बसम्मत रुपमा अनिल राज पौडेल निर्वाचित हुनु भएको छ । आज सम्पन्न वडाको १२औ अधिबेशनको बन्दसत्रले पौडेलको अध्यक्षतामा २५ सदस्यीय कमिटी चयन भएको हो । नवगठित कमिटीको उपाध्यक्षमा ज्योती प्रकाश आले , सचिब कुश्माखर अधिकारी ,उपसचिव बिना कार्की र उत्पल अर्याल लगायत अन्य सदस्यहरु चयन हुनु भएको हो । आज नै अधिबेशनको उदघाटन सत्र सम्पन्न भएको हो । अधिबेशन उदघाटन कार्यक्रमको प्रमुख अतिथी एमाले नेता देबि ज्ञावलि रहनु भएको थियो । त्यस्तै सोही कार्यक्रममा प्रदेश संसद तथा एमाले नेता हरि सापकोटा , नेता कृष्णभक्त पोख्रेल , प्रदेश कमिटी सद्स्य राम प्रसाद न्यौपाने , जिल्ला उपाध्यक्ष श्याम बिष्ट , भरतपुर ७ का बडा अध्यक्ष राजेन्द्रमणी काफ्ले लगायतले अधिबेशनको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । सोही कार्यक्रममा नेकपा एमाले भरतपुर ७ बडा कमिटीले वडा नम्बर ७ भित्र रहेका जनप्रतिनिधि तथा पार्टी लाई बिशिष्ठ योगदान पुर्याउने तथा राष्ट्रिय स्तरमा ख्याती कमाएका ३ दर्जन ब्याक्तीहरु लाई सम्मान पत्र सहित सम्मानित गरेको छ । उदघाटन सत्रको संचालन राजु पौडेल गुरु प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।
Breaking News
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न
- आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

