चितवन , भदौ १ – नेकपा एमाले भरतपुर -७को १२ औ वडा अधिबेशन बाट अध्यक्षमा सर्बसम्मत रुपमा अनिल राज पौडेल निर्वाचित हुनु भएको छ । आज सम्पन्न वडाको १२औ अधिबेशनको बन्दसत्रले पौडेलको अध्यक्षतामा २५ सदस्यीय कमिटी चयन भएको हो । नवगठित कमिटीको उपाध्यक्षमा ज्योती प्रकाश आले , सचिब कुश्माखर अधिकारी ,उपसचिव बिना कार्की र उत्पल अर्याल लगायत अन्य सदस्यहरु चयन हुनु भएको हो । आज नै अधिबेशनको उदघाटन सत्र सम्पन्न भएको हो । अधिबेशन उदघाटन कार्यक्रमको प्रमुख अतिथी एमाले नेता देबि ज्ञावलि रहनु भएको थियो । त्यस्तै सोही कार्यक्रममा प्रदेश संसद तथा एमाले नेता हरि सापकोटा , नेता कृष्णभक्त पोख्रेल , प्रदेश कमिटी सद्स्य राम प्रसाद न्यौपाने , जिल्ला उपाध्यक्ष श्याम बिष्ट , भरतपुर ७ का बडा अध्यक्ष राजेन्द्रमणी काफ्ले लगायतले अधिबेशनको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । सोही कार्यक्रममा नेकपा एमाले भरतपुर ७ बडा कमिटीले वडा नम्बर ७ भित्र रहेका जनप्रतिनिधि तथा पार्टी लाई बिशिष्ठ योगदान पुर्याउने तथा राष्ट्रिय स्तरमा ख्याती कमाएका ३ दर्जन ब्याक्तीहरु लाई सम्मान पत्र सहित सम्मानित गरेको छ । उदघाटन सत्रको संचालन राजु पौडेल गुरु प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।
Breaking News
- शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
- फेसबुकमार्फत चम्किएको डब्लुआरआर : १० बर्षको उपलब्धीबारे उत्साहित अभियन्ता
- जसले न्याय खोज्दाखोज्दै त्यागिन् प्राण
- वैवाहिक बर्षगाँठको अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माणमा गौतम दम्पतीको सहयोग
- गभर्नर नियुक्तिमा उमेरहद हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
- सिद्धार्थ ग्रुपको नारायणगढमा नयाँ शाखा बिस्तार
- विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
- घिसिङ बर्खास्त