विराटनगर । कोशी प्रदेश सभाको बैठक भदौ १८ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयले मंगलबार एक सूचना जारी गर्दै बैठक बोलाएको हो ।
प्रदेश सभाको चालू वर्षे अधिवेशनको तेह्रौँ बैठक गत असार ८ गते बसेर स्थगित भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका साथै सत्ता पक्षको एमालेले पनि संसद् बैठक बोलाउन माग गर्दै आएका थिए ।
यद्यपि सभामुख अम्बर बहादुर विष्टले लामो समय ग्याप राख्दै बैठक बोलाएका हुन् ।
