चितवन , भदौ १५ – भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित मर्स्याङदी आमा समुहले टोलमा रहेका महिलाहरु लाई लक्षित गर्दै तिज बिशेष शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । टोलमा रहेका आमा दिदिबहिनीहरु लाई आउदै गरेको तिज लाई अबिस्मरणीय बनाउन अभिभावकत्व गर्दै तिज बिशेष शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।
आज शनिबार आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित मर्स्याङ्दी टोल बिकास संस्थाका अध्यक्ष कालीमाया गुरुङ र बिशिष्ठ अतिथिहरु टोल बिकाश संस्थाका पुर्व अध्यक्ष ज्ञानु लौडारी ,सचिव पृतिमा ठाडा , संचारकर्मी लक्ष्मण गौतम लगायत रहनु भएको थियो ।
सो कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित मर्स्याङ्दी टोल बिकास संस्थाका अध्यक्ष गुरुङले टोलमा रहेका आमा दिदी बहिनिहरु लाई तिजको शुभकामना दिदै टोलमा रहेका आमा दिदिबहिनिहरु लाई एक जुट हुदै सामाजिक अभियान सरिक रहन आग्रह गर्नु भयो ।
त्यस्तै पुर्ब अध्यक्ष लौडारीले बिगत देखि नै आमा समुहले टोलका सामाजिक तथा बिकाश निर्माणमा काममा सक्रिय सहभागीता जनाएको र आगामी दिनमा समेत सक्रियता कमि हुन नदिन र घर बाहिर निस्केर सामाजिक अभियानमा जोडिन आग्रह गर्नु भयो । सोही कार्यक्रमा टोलमा रहेका आमा समुहमा आबद्ध सदस्यहरुका यस बर्षको एसईइ परिक्षामा सफल भएका दुई जना बिद्यार्थी लाई सम्मान गरिएको थियो । त्यस्तै शुभकामना कार्यक्रममा मौलिक भाखामा तिज गित समेत गाइएको थियो ।
संस्थाका सचिव शोभा आलेले संचालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तब्य चन्द्रकला आचार्य र अध्यक्षता आमा समुहकी अध्यक्ष कल्पना देवकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा आमा समुहमा आवद्ध रहेका करिव ८० जना महिला आमादिदी बहिनिको सहभागीता रहेको थियो ।
Breaking News
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न

