चितवन , असोज १७ – विजया दशमी तथा शुभ दिपावलीको अबसर पारेर चितवनको भरतपुर ७ स्थित मर्स्याङ्दी टोल विकास संस्थाले निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ ।
टोलमा रहेका टोलवासीहरुको स्वस्थ्य परिक्षण र उपचारका लागि संस्थाले घटस्थापनाको दिन पारेर आज एक दिने निशुल्क स्वास्थ्य परिक्षण शिबिर सम्पन्न गरेको हो । टोलमा रहेका करिव एक सय जना टोलवासीहरुले प्रेसर , सुगर लगायतको स्वास्थ्य परिक्षण गराएका टोल विकास संस्थाका सचिव पृतिमा ठाडाले बताउनु भयो ।
भरतपुर ७ स्थित हेल्थ्पोस्ट चोकमा रहेको पिन्की हेल्थ कियर क्लिनिकको प्राबिधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । टोलमा रहेका अशक्त तथा वृद्धहरु लाई सहज सेवा दिने उदेश्यले निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको भएपनि सेवा लिन चाहाना भएका सबै उमेर समुहका टोल बिकाश संस्थाका सदस्य र सदस्यका परिवारको स्वास्थ्य परिक्षण गरिएको संस्थाका अध्यक्ष कालीमाया गुरुङले बताउनु भयो । उहाँले टोल विकास संस्थाले टोलवासीका हितका लागि विभिन्न समयमा रचनात्मक तथा सामाजिक सेवा अन्तरगतका कामहरु गर्दै आइरहेको बताउनु भयो ।
Breaking News
- सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता
- होर्मुज जलघाँटी खोल्ने घोषणापछि तेलको मूल्यमा तीव्र गिरावट, शेयर बजारमा पनि उतारचढाव
- धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले दिए राजीनामा, हिमालयन सेक्युरिटिजलाई स्पष्टीकरण
- यात्रुबाहक बसको ठक्करबाट युवतीको मृत्यु
- बिक्रमबाबा मेलाको फोहोर व्यवस्थापनः सरोकारवालाहरुले उचित ध्यान पुर्याउन नसकेको अध्ययन टोलीको निष्कर्ष
- विद्यालयबाट कलम किन्न भनेर निस्किएका दुई बालकको नारायणीमा डुबेर ज्यान मृत्यु
- पूर्वप्रधानमन्त्री ओलीलाई भर्चुअल रूपमा अदालत उपस्थित गराइने
- सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्

