चितवन , बैशाख १ – सिद्धार्थ हस्पिटालिटीले चितवनको नारायणघाटमा सेवा विस्तार गरेको छ। नयाँ बर्षको अवसर पारेर साविकको होटल सेन्ट्रल पामलाई ‘सिद्धार्थ होटेल चितवन’ नामबाट सञ्चालनमा ल्याइएको हो।
करिब २५ रोपनीमा फैलिएको होटलमा स्वीट, सुपर डिलक्स र डिलक्स गरी ४४ वटा कोठा छन्। साथै माया डाइनिङ रेस्टुरेन्ट पनि सञ्चालनमा छ। यो होटल नारायणघाटको पुल्चोकबाट ५०० मिटर दुरीमा छ। बजार नजिक तर शान्त वातावरणमा समय बिताउन चाहनेका लागि यो भरपर्दो होटल हुने सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले बताउनु भयो । स्वीमिङ पुलका साथै थिएटर सेटअपमा चार सय जना अट्ने क्षमताको सभाहल, करिब ५० जना अट्ने क्षमताको बोर्ड रुम पनि छ। कम्पनीले हाल भएको पूर्वाधारमा लगानी थप गरी सुविधा विस्तारको योजना बनाएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
प्रकृतिमा रमाउने र प्रिमियम सेवा लिन चाहनेका लागि यो उपयुक्त गन्तव्य भएको सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णप्रसाद न्यौपानेले बताउनु भयो । उहाँले आगामी दिनमा लगानी वृद्धि गरी होटलको स्तरोन्नति पनि गरिने तथा कोठाहरु थप गरेर ६० वटा बनाउने योजना रहेको बताउदै तीन वटा सम्मेलन हल र स्वीमिङ पुलको पनि स्तरोन्नती , होटलमा स्पा सुविधासहित हेल्थ क्लब र पुलसाइड बारको पनि सुविधा थप हुने जनाउनु भयो ।
कैलालीको टिकापुर बाट २७ बर्ष अगाडी बाट सुरु भएको सिद्धार्थ ग्रुपको सिद्धार्थ हस्पिटालिटीअन्तर्गत हाल विभिन्न ब्राण्डमा ३० भन्दा बढी कम्पनी सञ्चालनमा छन्। कम्पनीका अनुसार पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव, तीन तारे स्तरका सिद्धार्थ बाटिकाअन्तर्गत विभिन्न होटल सञ्चालनमा छन्। त्यसबाहेक विभिन्न स्थानमा सिद्धार्थ कटेज रेष्टुरेन्ट, रिसोर्ट तथा एस क्याफे पनि सञ्चालन गरिरहेको छ। हाल सिद्धार्थ ग्रुपअन्तर्गत दुई हजार ५०० भन्दा बढीले रोजगारी पाएका छ्न ।