काभ्रे — बनेपा नगरपालिका चार नालामा अवस्थित स्प्रिङ हिल स्कूलमा कक्षा ११ को लागि भर्ना खुला गरिएको छ। सञ्चालक श्रीराम भण्डारीले जानकारी दिनुभयो कि विद्यालयले होटल व्यवस्थापन, कम्प्युटर विज्ञान र व्यवसाय अध्ययनका संकायमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ।
विद्यालयमा अनुभवी शिक्षकहरू रहेको र व्यवहारिक शिक्षण पद्धति अपनाइने भएकोले विद्यार्थीहरूले व्यावहारिक ज्ञानसहित उज्ज्वल भविष्य बनाउन सक्ने अवसर पाउने छन्। साथै, विद्यालयले खेलकुद, सांस्कृतिक र सहपाठ्यक्रम गतिविधिहरूमा पनि ध्यान दिएको छ।
स्प्रिङ हिल स्कूलले सुरक्षित र शैक्षिक वातावरण उपलब्ध गराएर विद्यार्थीहरूको सर्वांगीण विकासमा जोड दिएको छ। सञ्चालक भण्डारीले भने, “हामीले यहाँ गुणस्तरीय शिक्षा मात्र नभएर विद्यार्थीहरूलाई जीवनोपयोगी सीप सिकाउने पनि व्यवस्था गरेका छौं।”
भर्ना संख्या सीमित रहेकोले इच्छुक विद्यार्थीहरूले छिटो सम्पर्क गर्न अनुरोध गरिएको छ।
