चितवन , असार ५- चितवनको पार्वतीपुरमा बुधबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। भरतपुर २१ को आयोजनामा भएको शिविरमा ५००जना भन्दा बढी बिरामीले स्वास्थ्य लाभ लिएका छ्न। ९२ बर्षिय सुद प्रसाद रेग्मी प्रमुख अतिथी रहनु भएको शिविरमा थाइराइड,सुगर,प्रेसर,पिसाब,महिलाहरुको पाठेघरको मुखको क्यान्सर लगायत बिभिन्न रोगहरुको मनकामना अस्पतालका फिजिसियन डाक्टरद्वय मनोज क्षेत्री र संजोग कंडेलले उपचार गर्नुभयको थियो ।
शिविरको सह- आयोजक आमा बच्चा स्वास्थ्य नेपाल र समन्वय मनकामना अस्पताल रहेका थिए । शिविरबाट बिशेषगरी ग्रामिण भेगका बिरामीलाइ लाभ पुगेको मनकामना अस्पतालका पब्लिक रिलेसनसिप अफिसर सतिश ढकालले बताउनुभयो । कविता खतिवडाले संचालन गरेको उदघाटन कार्यक्रम भरतपुर २१का वडा अध्यक्ष कृष्ण कुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।
Breaking News
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न
- आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै
- पठन संस्कृतिको प्रवर्द्धन गर्दै अर्किडद्वारा नवआगन्तुक विद्यार्थीलाई ‘मुना’सहित स्वागत
- रोल्पा जीप दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो: सिंगो राष्ट्र शोकमग्न छ

