चितवनको माडी स्थित अयोध्यापुरीवासीहरुको सामाजिक संस्था साविक अयोध्यापुरी माडी – भरतपुर सम्पर्क समाजकोको दोस्रो साधारण सभा तथा बनभोज कार्यक्रम आज शनिबार सम्पन्न भएको छ । माडीको अयोध्यापुरी घर भै भरतपुर महानगरपालिका र आसपासका क्षेत्रमा बसोबास गर्दै आएका स्थानियवासीहरुको सामाजिक संस्था सम्पर्क समाजको दोस्रो साधारण सभा पदमपुर स्थित भिमवली पार्कमा सम्पन्न भएको हो । साधारणसभाको प्रमुख अतिथी सामाजिक तथा शैक्षिक ब्यक्तित्व देवि बहादुर केशी रहनु भएको थियो । साधारणसभामा समाजले हाल सम्ममा भए गरेका काम र आगामी कार्यक्रम तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । सोही कार्यक्रममा कुर्ची चाल , निर्त्य , घ्याम्पो फोड लगायतका प्रतियोगित सम्पन्न गरि पुरस्कार बितरण गरिएको थियो । साधारणसभा कार्यक्रममा सम्पर्क समाज लाई सहयोग पुर्याउनु हुने तथा बिशिष्ठ योगदान दिने १० जना ब्यक्तित्वहरु लाई कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा बुद्दिजिबी परिषदका अध्यक्ष तथा जनजिवन मा.बि.का पुर्व प्रधानध्यापक शोभाखर गौतम, शिक्षाबिद प्रेमहरी सुवेदी , सामाजिक अगुवा हिमाल गरुङ लगायतले सम्पर्क समाजको सफलताको कामना गर्नु भएको थियो । सम्पर्क समाजका अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समाजका सचिव रामप्रसाद भण्डारीले गर्नु भएको थियो ।
Breaking News
- विद्युत उत्पादनमा बैंक तथा वित्तीय संस्थाले २०% लगानी गर्नैपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्छः इप्पान अध्यक्ष कार्की
- पुनर्संरचना र पुनर्तालिकीकरण व्यवस्थाले लघुवित्तहरुको एनपीएल घट्यो, ४४ वटा संस्था नाफामा
- सदनमा एमाले र कांग्रेसका सांसदबीच धकेलाधकेल
- बलात्कारको बेलामा किन महिला भाग्दैनन्, किन चिच्याउँदैनन् ?
- पाल्पाको निस्दीमा जीप दुर्घटना , दुईको मृत्यु, तेह्र जना घाइते
- आज ३१औं मदन-आश्रित स्मृति दिवस, विविध कार्यक्रम गरिदै
- लिटरमै ७ रूपैयाँले घट्यो पेट्रोलको मूल्य
- सन्दीपको निलम्बन फुकुवा, खुल्यो टी-२० विश्वकप खेल्ने बाटो