1 ५३ अङ्कले बढ्यो नेप्से, एक अर्ब ६५ करोडको कारोबार
नेप्से परिसूचक ५३ दशमलव ०३ अङ्कले बढेकाे छ ।आज नेप्से परिसूचक ५३ दशमलव ०३ अङ्क अर्थात् दुई दशमलव ८४ प्रतिशतले बढेर एक हजार नौ सय १९ दशमलव ३७ अङ्कमा कायम भएको हो ।
2. नागरिकता विधेयक निष्क्रिय पारेर नयाँ संशोधन प्रस्ताव राखी छलफल गर्नुपर्ने एमालेको माग
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको नागरिकता विधेयक निष्क्रिय पारेर नयाँ संशोधन प्रस्ताव राखी संसद्मा छलफल गर्नुपर्ने माग गरेको छ । आइतवार प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै एमालेले विधेयक निष्क्रिय गरेर नयाँ संशोधन प्रस्ताव ल्याउन माग गरेको हो ।
3. एमाले-रास्वपा र राप्रपाको अवरोधपछि संसद बैठक स्थगित
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । एमालेसहित प्रतिपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले एक घण्टाको लागि बैठक स्थगित गरेका छन् ।
4.राष्ट्रपतिको कदममा अदालतको अंकुश, नागरिकता विधेयक यथास्थितिमा राख्न अन्तरिम आदेश
सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले छलफलका लागि दुवै पक्षलाई झिकाउन कारण देखाउ आदेश जारी गर्दै तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यन्वयन नगर्न आदेश दिएको हो ।
5.नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने एमालेमा फर्किए, केशवलाल पनि च्यासल पुगे
नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने पार्टी विभाजनको दुई वर्षपछि नेकपा एमालेमा फर्किएका छन् । केही समयअघि नेकपा एसको नीति तथा कांग्रेसपरस्त प्रवृत्तिसँग असहति जनाउँदै राजीनामा दिएका न्यौपाने एमालेमा समाहित भएका हुन् ।